bijay gachadar
सुनसरी फागुन ३० / उपप्रधान तथा भौतिक योजना मंत्री विजयकुमार गच्छदारले प्रस्तावित क्षेत्र नम्वर १ फेरबदल नहुने बताउनुभएको छ ।
मंत्री गच्छदारले सुनसरी,मोरङ र झापा जस्ले जतिसुकै राई कराई र लडाई लडेपनि टुक्रिन नदिने बताउनुभएको हो ।
सुनसरी जिविसको वार्षिक कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा बोल्दै गच्छदारले आन्दोलनका नाममा कसैले माग्दैमा सरलक्क लैजाउ भनेर दिन सकिने प्रस्ट्याए ।
कार्यक्रम स्थल जाने क्रममा आफुलाई कालो झण्डा सहित विरोध जनाएको मोर्चालाई लक्षित गर्दै मंत्री गच्छदारले बहुमत जनसंख्याको अभिमतको कदर वेगरको निर्णय जबरजस्ती लादिनु सुनसरी,मोरङ र झापाबासीलाई स्विकार्य नहुने बताउनुभयो ।
पूनः आन्दोलनको तयारीमा जुट्न अग्रसर हुन थालेको मोर्चालाई वार्ताका माध्यमबाटै सहमतिको प्रयास गर्न गच्छदारले आग्रह गर्नुभयो ।
आन्दोलनका जायज माग सम्बोधन गर्न सरकार पछि नहट्ने बताउँदै गच्छदारले शान्तिपूर्ण वार्ताका लागि मोर्चालाई आव्हान समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया