steve-jobs-still-raking-in-big-bucks-worn-wristwatch-sold-

एप्पल कम्पनीका सस्थापक स्टिभ जब्सले आफ्नो जिवनकालमा प्रयोग गरेका केही सामानहरुको लिलामी भएको छ । उनका गृह व्यवस्थापक रहेका मार्क शेफले जब्सका सामानहरुको लिलामी गरेका हुन् ।

लिलाम भएका सामानहरुमा जब्सले लगाएको घडी, चप्पल, कालो स्वेटर, बिजनेस कार्ड लगायतका अन्य व्यक्रिगत सामान रहेका छन् । स्टिभ जब्सले कुनैबेला लगाएर फ्याँकेको घडी ४२ हजार डलर अर्थात् झण्डै आधा करोड रुपैयाँमा बिक्रि भएको छ ।

यो घडी कुनैबेला जब्सले प्राय लगाउने गर्थे । तर पछि भने यसलाई फ्याँके । अहिले त्यो चल्ने हालतमा थिएन र निकै बिगि्रसकेको अवस्थामा रहेको छ । सन् १९८४ मा जब्सले खिचेको एउटा फोटोमा यहीँ घडी लगाएका छन् ।

स्टिभ जब्सले लगाएका चप्पल भने २७ सय ५० डलरमा बिक्रि भएका छन् । बि्रकेनस्टक ब्राण्डका ती एकजोर चप्पल सन् १९८० ताकाका हुन् । पूरानो डिजाइनका यी चप्पल पनि प्रयोग गर्न  मिल्ने खालका छैनन् ।

स्टिभ जब्सको कालो स्वेटर ७५ हजार डलरमा लिलाम भएको छ । यो स्वेटर पनि १९८० ताकाको हो । यसको अगाडिको भागमा नेक्स्ट लेखिएको छ । जब्स प्राय यो स्वेटर लगाउँथे । यो स्वेटर फाटिसकेको छ ।

जब्सकोे एप्पल लोगो भएको गोल्ड पेन, निलो बलपेन तथा उनले दस्तखत गरेका केही रसीद र उनको बिजनेस कार्ड लगायतका अन्य व्यक्तिगत सामाग्रीहरु कुल १६ हजार २५० डलरमा बिक्रि भएका छन् ।

 

तपाईको प्रतिक्रिया