boy-friend

आफ्नो ब्वायफ्रेण्डलाई अरु केटीहरुले आँखा लगाएको वा आफ्नो ब्वाय फ्रेण्डण्डले अरु केटीहरुप्रति आँखा लगाएको कुन चाहीँ महिलालाई सह्य होला र ?

रोग लागेपछि उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु बेस भन्ने उखान झैँ ब्वायफ्रेण्ड अन्तै सल्किएपछि पछुताउनुको साटो ब्याय फ्रेण्डण्डलाई अरु केटीहरुसँग टाढै राख्नु उचितहुन्छ भन्ने सिद्धान्त अनुरुप एक युवतीले यस्तो उपाय अपनाएका छन् जुन सायद अहिलेसम्म कुनैपनि गर्ल फ्रेण्डडहरुले गरेका छैनन् होला ।

खासमा २० वर्षकी युवती एबी बार्लेटले आफ्नो प्रेमी २४ वर्षका लियोन कोनोलीलाई अन्य केटीहरुबाट टाढै राख्नका लागि उसको टिसर्टमा केही फोटो तथा मेसेज पि्रन्ट गरिदिएकी छिन् । यो जोडी बेलातको न्युक्यासलमा लिभिंग टुगेदरमा छ ।

प्रेमीले सोही टिसर्ट लगाएर हिड्नुपर्ने नियम पनि बनाएकी छिन् उनले । अनि ती युवकले त्यस्तो टिसर्ट लगाएर हिँडेपछि अरु केटीहरु ती युवकको नजिक पर्ने हिम्मत गर्ने कुरै भएन । किनकी टिसर्टमा पि्रन्ट गरिएका फोटा तथा सन्देश निकै कडा छन् ।

उक्त टिसर्टमा लेखिएको छ: म मेरी गर्ल फ्रेण्डलाई निकै मन पराउँछु र अरु सबै केटीहरुलाई घृणा गर्छु । कृपया म देखि टाढा हुनुहोस् । उक्त सन्देशको मुनि ती युवकले आफ्नी गर्लप|mेण्डलाई चुम्बन गरेको फोटो पि्रन्ट गरिएको छ ।

यी दुइले बिहे नगरीकनै बच्चा जन्माइसकेका छन् र पाँच वर्षकी छोरी पनि छिन् ।

पछिल्लो ६ वर्षदेखि यी युवकले आफ्नी गर्ल फ्रेण्डको आदेश मान्दै हरेक पार्टीमा यहीँ टिसर्ट लगाएर जाने गरेका छन् । साँच्ची आफ्नो ब्वायफ्रेण्ड बचाउने यो अहिलेसम्मकै अनौठो तरिका होइन त ?

तपाईको प्रतिक्रिया