shradha kapoor

बलिउडमा पछिल्लो समयमा आएका नयाँ नायिकाहरु चलचित्रको पर्दामा खुल्न खासै डराउँदैनन् । आलिया भट्ट, श्रद्धा कपुर बलिउडका नयाँ संभावना बोकेका नायिका हुन्, जसका फ्यान पनि प्रशस्त छन् । यी दुई सुन्दरीले पर्दामा आफ्नो सेक्सी छवि पनि बनाउन थालेका छन् ।

टाइगर श्राफसँग नायिका कपुर नयाँ चलचित्र ‘वाघी’मा देखिदैछिन् । यो नायक सलमान खान अभिनित चलचित्रको रिमेक हो । यो चलचित्रमा श्रद्धा र टाइगरको लिप किस पनि समावेश छ ।

यही चलचित्रमा नायिका कपुर हट अवतारमा देखिएकी छिन् । सार्वजनिक भएको एक तस्बिरमा श्रद्धा कपुरलाई विकिनीमा देखाइएको छ । श्रद्धाको यो तस्बिरले चलचित्रप्रतिको उत्सकुता झनै बढेको छ ।

 

तपाईको प्रतिक्रिया