CIMG9926३० असोज इनरुवा/ दुई वर्ष अघिदेखि सुनसरी सदरमुकाम इनरुवाबाट प्रकाशित हुँदै आएको दैनिक अखबार प्रतिक्षण दैनिकले आजबाट मासहेड रङ्गिन बनाएको छ ।

इनरुवाबाट निरन्तर प्रकाशित हुँदै आएको प्रतिक्षण दैनिकले रङ्गिन पत्रिका प्रकाशनको तयारी स्वरुप आजबाट मासहेड कलरमा प्रकाशन थालेको हो ।छिट्टै रंगिन पत्रिका प्रकाशनले पूर्णता पाउने पत्रिकाका प्रकाशक, सम्पादक इकबाल अहमदले इनरुवा अनलाइनलाई जानकारी दिए । अहमदले पत्रिका प्रकाशनका क्रममा स्थानीय पाठक, शुभचिन्तक तथा विज्ञापनदाताले देखाएको सद्भाव र सुझाव प्रति आभार व्यक्त गरेका छन् । उनले आगामी दिनमा पत्रिकालाई थप परिस्कृत बनाएर पाठकमाझ लैजाने समेत बताए ।

तपाईको प्रतिक्रिया