इनरुवा चैत्र १/ सुनसरीको चाँदवेला ६ स्थित सुनसरी मोरङ सिँचाई आयोजनाको शाखा नहरमा आज विहान फेला परेको ४० वर्षिया लिलाकुमारी चौधरीको शवका विषयमा सुनसरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

नहरमा घोप्टो परेको अवस्थामा भेटिएको ४० वर्षिया चौधरीको शवमा बाहिरी चोटपटक नदेखिएपनि घटना शंकास्पद हुन सक्ने प्रहरीको अनुमान छ । स्थानीयवासीन्दाले भने चौधरीको शव नगरमा फेला पर्नुको पछाडी घरायसी विवादलाई कारण देखाएकाछन् । प्रहरीले घटनाबारे अनुसन्धान थालिसकिएको जनाएको छ ।
मृतक महिलाको शव पोष्टमार्टमका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको र पोष्टमार्टम रिपोर्ट पश्चात मात्र घटनाको विस्तृत विवरण खुल्ने सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया