opera-latest1

०१ चैत्र । लोकप्रिय इन्टरनेट ब्राउजर ओपेराले नयाँ अपडेटका साथ ब्राउजरमा महत्वपूर्ण परिवर्तन गरेको छ । जस अनुसार अब ओपेरा ब्राउजरमा तपाइँले इन्टरनेट ब्राउजिंग गरिरहेको समयमा कुनैपनि वेबसाइटमा देखाइने विज्ञापनहरुलाई ब्लक गर्न सक्नुहुनेछ ।

यो नयाँ अपडेटसँगै अब ओपेरा ब्राउजरबाट कुनैपनि वेबपेज खोल्दा उक्त पेज पहिले भन्दा ४० प्रतिशत बढि तेज गतिमा लोड हुने दाबी गरिएको छ ।

वास्तवमा धेरै वेबसाइट्सहरुमा गुगल तथा अन्य विभिन्न खाले विज्ञापनहरुका कारण वेबपेजमा मुख्य सामाग्री हुनुपर्ने स्थानमा केवल विज्ञापनमात्रै देखिँदा इन्टरनेट प्रयोगकर्ता हैरान हुन्छन् । यस्ता विज्ञापनलाई ब्लक गर्नका लागि ब्राृउजरमा विभिन्न खाले एड ब्लक एक्सटेन्सनहरु हुने गर्छन् ।

opera-latest2

यस्ता एक्सटेन्सनलाई एक्टिभेट गरी वेबपेजमा देखाइने गुगल लगायतका विज्ञापन बन्द गर्न सकिन्छ । तर ओपेराले भने आफ्नो अपडेटसँगै अन्य ब्राउजरको यस्तो थर्ड पार्टी एड ब्लक भन्दा भिन्न र सजिलो तरिकाले विज्ञापन हटाउन सकिने दाबी गरेको छ ।

यो नयाँ अपडेटसँगै ओपेरा ब्राउजरमा वेबसाइट खोल्ने बित्तिकै दायाँ भागको शिल्ड आइकन निलो देखा पर्छ । उक्त आइकनमा क्लिक गरेसँगै त्यस वेबपेजमा कति विज्ञापन छन् भन्ने थाहा पाउन सकिन्छ र त्यस्ता विज्ञापनलाई ब्लक गर्न सकिन्छ । बेटा भर्सनमा लन्च गरिएको यो ब्राउजर अपडेट म्याक, विन्डोज तथा लिनक्स अपरेटिंग सिस्टममा उपलब्ध रहेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया