नवलपरासी १५ आश्विन । नवलपरासी जिल्ला प्रशासन कार्यालयले एक हप्ताका लागि निषेधाज्ञा थप गरेको छ । जिल्ला सुरक्षा समितिको विहीबार बसेको बैठकले आगामी असोज २१ गते राती १० बजेका लागि निषेधाज्ञा थप गरेको हो । थप गरिएको यस निषेधाज्ञासँगै नवलपरासीमा निषेधाज्ञाको अवधि ४५ दिन पुगेको छ ।

यता निषेधाज्ञा लगाएपनि आन्दोलन जारी रहेको छ । नवलपरासीमा विभिन्न मोर्चाहरुको आन्दोलन सशक्त हुँदै गएको छ भने सिमा क्षेत्र ठप्प पारिएको छ ।

@hulakinews.net

तपाईको प्रतिक्रिया