Nepal-Airlines

४ चैत्र, काठमाडौ । भारतीय राजधानी नयाँ दिल्लीबाट काठमाडौं उड्ने तयारीमा रहेको नेपाल बायु सेवा निगमको बिमानमा बम रहेको हल्ला चलेपछि यात्रुहरुलाई विमानबाट उतारिएको छ । बम भएको हल्ला फैलिएपछि दिल्ली विमानस्थलमा तनाव भएको छ ।कुकुर र अत्याधुनिक उपकरणसहित विमानको सुरक्षा घेरामा जाँच भैरहेको बताइएको छ ।

काठमाडौं उड्न लागेको विमान बम रहेको भन्दै जाँच्ने आदेश सहित उडान रद्ध गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।केही समय अघि पनि दिल्लीबाट काठमाडौं आउन लागेको बिमानमा यस्तै हल्ला चलाइएको थियो ।

तपाईको प्रतिक्रिया