रोशन आचार्य
 लेखक: रोशन आचार्य

५ चैत्र, इनरुवा । बस्तु विनिमय का अफ्टेरो र झन्झट को विकल्प मा पैसा को विकास भएको हो |सुरुवात मा जिबनयापन लाइ सजिलो बनाउन पैसा चलनचल्ती मा आएको भएपनि आज पैसा ले जीबनयापन जटिल हुदै गएको छ |मान्छे ले पैसा बनाएको भएपनि आज पैसा ले मान्छे बनाउन थालेको छ |मान्छे पैसा को सामुन्ने निरिह हुन पुगेको छ |पैसा हरेक मान्छे को कमजोरी भएको छ |पैसा मान्छे को सबैभन्दा ठुलो अविष्कार हो |संसार मा भएका ठुल्ठुला परिबर्तन र अविष्कार हरु पैसाकै कारण सम्भब भएको हो |संसार मा सबैभन्दा ठुलो जालो पैसाकै होला |यौटा व्यक्ति ,घर ,परिबार ,समाज हुदै संसार भरि यसको प्रबुत्व छ |पैसा मान्छे को पहिचान संग जोडिएको छ |यत्र तत्र सर्बत्र व्याप्त छ पैसा तर पनि यसलाई प्राप्त गर्न त्यतिनै गारो छ |यो चलाएमान छ |यक ठाउमा संगालेर राख्न पनि गारो छ |पैसा सबैलाई प्यारो छ तर कसैले यसलाई आफ्नो बनाउन सक्दैन |

संसार को जुन सुकै कुना को मान्छे किन नहोस पैसा चाहिन्छ |बिना पैसा मान्छे बाच्न सक्दैन |पैसा नै सामाजिक बर्गिकरण को कारण हो |पैसा कमाउन सक्ने सिप ज्ञान भएका हरु उपल्ला वर्ग का भए |सिप ज्ञान नभएका हरु निम्न वर्ग का भए |हरेक पर्तिस्पर्धा को पछाडि पैसा नै मुख्य कारण हो |पढाइमा प्रतिस्पर्धा छ |सर्बोत्क्रिस्ट अंक ल्याउन सके राम्रो बिषय पढ्न पाउथे भबिष्य मा राम्रो नोकरी गर्थे र टन्न पैसा कमाउथे |मान्छे को सामर्थ्य पैसा संग जोडिएको छ |खल्ती मा टन्न पैसा भए आट आउछ |संसार मा हुने हरेक भेदभाब को पछाडी पैसा नै मुख्य कारण हो |अमेरिका जाने सबैको चाहना हुन्छ किनभने त्यहाको जिबनस्तर यहा को भन्दा राम्रो छ केहि काम गर्न पाइएन भने पनि सरकार ले बेरोजगार भत्ता को ब्यबस्था गरेको हुन्छ |त्यहा को पैसा को मूल्य यहाँ को पैसा भन्दा बढी छ |पैसा अमुल्य भैकन पनि यसको मूल्य निर्धारण भएको हुन्छ सामर्थ्य को आधारमा |राज्य को हैसियत को आधारमा |पैसा को अनेक नाम छन कतै डलर कतै रुपैया |अंक उहि भएपनि मूल्य महत्व फरक छ |हात हतियार बनाउन युद्ध गर्न पैसै चाहिन्छ धेरै पैसा भएका सम्पन्न मुलुक हरुले साना र बिकाशोन्मुख देशहरुमा थिचो मिचो गर्ने त्यहि सम्पन्नता कै आधारमा हो |

paisa

संसारमा हुने हरेक राम्रा नराम्रा काम हरु को पछाडी पैसा नै मुख्य कारण हुन्छ |तर पनि पैसा पबित्र छ |मान्छे को हैसियत भन्नाले आर्थिक हैसियत जुन उसले गर्ने काम मा भर पर्दछ |यहा सार्बजनिक सौचालय बाहिर बसेर पैसा उठाउन लाइ लाज मान्ने हरु सम्पन्न मुलुक मा शौचालय सफा गर्न पनि तयार हुन्छन कारण पैसा |पैसा ले पाप पखाल्न सकिन्छ |इश्वर किन्न सकिन्छ |हरेक खुसि पैसा संगै जोडिएको हुन्छ हरेक दुख को कारण पैसा हुन्छ |कोहि खान नपाएर मरिराछन पैसा छैन कोहि खाना धेरै भएर फालिराछ्न पैसा धेरै भो केहि फरक पर्दैन |संसार मा कोहि असाध्य सम्पन्न हुन्छन जति खर्च गरेपनि उनिहरुसंग भएको पैसा घटदैन |सबैले पैसा कमाउन जान्दैनन जान्ने ले अरुलाई सिकाउदैनन पनि |पैसा ले कहिले अपजस नपाए जस्तै जस पनि कहिले पाउदैन | त्यसैले यो फोहोर भएपनि च्यातिय पनि मैलिए पनि पबित्र छ |

मान्छे ले आफुलाई पनि यस्तै पैसा जस्तै पबित्र बनाउने हो भने आफैलाई पैसा संग अलग्याएर आत्मसम्मान र स्व-अभिमान लाइ साक्षी राखी कर्म गर्न सक्नुपर्दछ |अनि चै पैसा ले पनि सम्मान गर्दछ |हाम्रो सोचाइ हो |कसैलाई लाग्न सक्छ बहुत गारो छ किनभने आदर्श को कुरा ले त जिबन चल्दैन |बाच्न को लागि सम्झौता गर्ने परो |स्वाभिमान ले पेट भर्दैन आत्मसम्मान ले आंग छोप्दैन |पैसा कमाउनै पर्छ |यो सब सोचाइ हो |हामि के चाहन्छौ हामीलाई नै थाहा छैन |अक्षर चिन्न थालेदेखि बाउआमा ले सपना देखाउछन धेरै पढ्नु ठुलो मान्छे बन्नु पैसा कमाउनु सुखी हुनु |त्यहि सुख पाउनलाई सारा जिन्दगि दुख गरेर पैसा कमायो उमेर ढल्केपछि शरीर ले साथ् छोडिदिन्छ |जसरि मृत्यु सत्य हो पैसा असत्य हो |मृत्य एकपल्ट आउछ तर पैसा ले पटक पटक धोका दिन सक्दछ| पैसा लाइ पहिचान संग अलग्याउन सके मात्र खुसि मिल्छ |सुख क्षणिक हुन्छ पैसा जस्तै आज छ भोलि छैन |

तपाईको प्रतिक्रिया