DSC09200
चैत्र ५ इनरुवा/भारतसँगको खुला सिमाका कारण नेपालमा लागु औषधको ओसार सार तथा दुर्व्यवसनी बढेको प्रति सरोकारवलाहरुले चिन्ता व्यक्त गरेका छन् ।

युवा अभियान सुनसरीले आज इनरुवामा आयोजना गरेको सहकार्यका लागि सम्वाद विषयक कार्यक्रमका सहभागीहरुले दुर्व्यवसनी नियन्त्रणका लागि ठोस पहल आवश्यक रहेकोमा जोड दिएका हुन् ।
बढ्दौ लागु औषध सेवनले गर्दा युवाहरुमा बिकृती आउनुकासाथै महिला हिंसा, यौनहिंसा, बलात्कार, बालविवाह लगायतका हिंसाजन्य घटनाहरु बढ्दै गएको प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका थिए ।

सरोकारवालाहरुवीच सहकार्यगरी सचेतना मूलक कार्यक्रमको पहुँचलाई सीमावर्ति क्षेत्रका साथै ग्रामिणी भेगसम्म पुर्याउन आवश्यक रहेको सरोकारवालाहरुको सुझाव थियो ।

युवा तथा खेलकुद मन्त्रालयले सुनसरीमा युवा सुचना केन्द्र स्थापना गरेको भएतापनि सुचना केन्द्रले ठोस निती ल्याउन नसकेको कारण प्रभावकारी हुन नसकेको प्रति समेत कार्यक्रमका सहभागिहरुले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका थिए ।

तपाईको प्रतिक्रिया