fasi७ चैत्र , काठमाडौं । पाकिस्तानी सेनापति राहिल सरिफले नेपाली पर्वतारोहीको हत्या गर्ने आतंकवादी इर्फान उल्लाहसहित १३ जना आतंकबादीलाई मृत्युदण्ड दिने निर्णयमा हस्ताक्षर गरेका छन् ।

२०१३ जुन २२ मा पाकिस्तानको नङ्गा पर्वतमा विदेशीको हत्या गर्ने इन्र्फानसहित १३ जना आतंकवादीलाई मृत्युदण्ड दिने निर्णयमा सेनापतिले हस्ताक्षर गरेको पाकिस्तानी सेनाको जनसम्पर्क कार्यालयले जनाएको छ ।

जनसम्पर्क कार्यालयका अनुसार इर्फानसहित आतंकवादीलाई सेनाको अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । त्यतिबेला नेपाली पर्वतारोही सोना शेर्पा र थप नौ विदेशी आरोहीको हत्या भएको थियो ।

३५ बर्षीय सोना शेर्पा नङ्गा हिमाल आरोहणमा चिनिया टोलीसहित दोस्रो पटक सहभागी भएका थिए । उनले २००९ मा पनि सोहि हिमाल आरोहन गरेका थिए । २०१३ मा भएको उक्त आतंकबादी आक्रमणमा अन्य ८ जना नेपाली शेर्पाहरु भने बाँच्न सफल भएका थिए ।

 

तपाईको प्रतिक्रिया