india-pak

६ चैत, काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ । वनडे र टी-२० विश्वकपमा पाकिस्तानले अहिलेसम्म भारतलार्इ हराउन सकेको छैन । यो टी-२० विश्वकपमा पाँचौ र विश्वकपमा ११ औं हार हो ।वर्षाका कारण २ ओभर घटाइएको खेलमा पाकिस्तानले भारतसामू ११९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसलाई घरेलु टोलीले विराट कोहलीको अर्धशतकको मदतमा मात्र १५.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

भारतका सुरुवात राम्रो थिएन । २३ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । तर, विराट कोहलीले युवराज सिंहसँग मिलेर पारी सम्हाले । दुबैले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरे । युवराज २३ रन बनाएर आउट भए ।कोहली ५५ रनमा अविजित रहे । ३७ बलको सामना गरेका उनले सात चौका र एक छक्का हाने । कप्तान महेन्द्र सिंह धोनीले ९ बलमा एक छक्कासहित १३ रन बनाए ।

कोलकत्तामा भएको खेलमा भारतले टस जितेर पाकिस्तानलार्इ ब्याटिङको निम्तो दियो । पाकिस्ताानले १८ ओभरमा ५ विकेट गुमाएर ११८ रन बनाएको थियो ।पाकिस्तानका ओपनर शरजील खान र अहमद शहजादले सम्हालिएर खेल्न सुरु गरे । कोलकत्ताको पिचले स्पिन लिन थाल्यो र ब्याट्सम्यानहरुलाई रन बनाउन मुस्किल भयो ।

 

तपाईको प्रतिक्रिया