७ चैत्र, काठमाडौं । भारतमा जारी टी–२० महिला विश्वकप क्रिकेटमा पाकिस्तानले भारतलाई हराएको छ ।पाकिस्तानी पुरुष टिम भारतसँग पराजित भएकै दिन महिला टिमले डकवर्थ लुईस नियमका आधारमा २ रनको रोमान्चक जित निकालेको हो ।

दिल्लीमा पहिले ब्याटिङ गरेको भारतले पाकिस्तानलाई ९७ रनको लक्ष्य दिएको थियो । पाकिस्तानी टोलीले १६ ओभरमा ७७ रन बनाएको अवस्थामा खेल वर्षाका कारण प्रभावित भयो ।त्यसपछि डकवर्थ लुइस नियमका आधारमा पाकिस्तानी टोली दुई रनले विजयी भएको हो । पाकिस्तानका लागि सिद्रा अमिनले २६, नाहिदा खानले १४ तथा मुनिबा अलीले नटआउट १२ रनको योगदान दिइन् ।

यसअघि पहिले ब्याटिङ गरेको भारतीय टोलीले २० ओभरमा सात विकेट गुमाएर ९६ रन बनाएको थियो ।भारतकी वेदा कृष्णमुर्तिले २४, मिताली राज र हरमनप्रित कौरले समान १६ र झुलनले १४ रन बनाएकी थिइन् ।

 

तपाईको प्रतिक्रिया