price harry
price harry2

७ चैत्र, काठमाडौ । कहिले ल्यापटप त कहिले बन्दुक अनि कहिले हेलिकप्टर उडाउनमा समय दिँदै आउनुभएका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड आज काष्ठकलामा प्रयोग हुने नेपाली परम्परागत औजारमा रमाउनुभयो ।

काष्ठकला निर्माणमा मुख्य रुपमा प्रयोग हुने औजार समाउँदै ३२ वर्षीय परोपकारी ह्यारीले भन्नुभयो, “तस्बिरमा तपाईंहरुको सुन्दर हातले तयार गरेका उत्कृष्ट कला हेरेर म औधि रमाउँथे, यसको प्रशंसा गर्थेँ, आज तपाईंहरुसित प्रत्यक्ष भेट गर्दा खुसीको कुनै सीमा नै छैन ।”

गत वैशाख महिनामा नेपालमा गएको भूकम्पले क्षति पु¥याएको विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन स्मारक क्षेत्रको आज अवलोकनका क्रममा ह्यारीले पुनःनिर्माणमा जुटेका कालीगढसित त्यसबारे जानकारी लिनुभयो । राजकुमार ह्यारीले क्रममा सो क्षेत्रमा झन्डै पौने दुई घन्टा बिताउनुभयो ।

price harry1

price harry3

तपाईको प्रतिक्रिया