;/sf/ / df]rf{aLr jftf{   t/fO{ dw]z nf]stflGqs kf6L{sf] s]Gb|Lo sfof{nodf cfGbf]n/t ;+o'Qm nf]stflGqs dw]zL df]rf{ / ;/sf/L jftf{ 6f]nLaLr jftf{ x'Fb} . tl:a/M /f]zg ;fksf]6f,/f;;

 

काठमाडौं, असोज १५ – मुख्य तीन दल र मधेसी मोर्चाबीचको वार्ता सकारात्मक भएपनि कुरा मिलिसकेको छैन । बिहीबार भएको वार्तामा तीन दलले तराईमा भैरहेको बन्द, हडताल र नाकाबन्दी हटाउन आग्रह गरेका छन् ।

तर अझै विश्वासको वातावरण नबनेको मन्दै मोर्चाले बिरोधका कार्यक्रम यथावत रहने जनाएको छ । मोर्चाले उठाएको मागमध्ये समानुपातिक प्रतिनिधित्व, जनसंख्याका आधारमा निर्वाचन प्रणाली र नागरिकतबारेको विषय सहमति नजिक पुगेको नेताहरुले बताएका छन् । तर मोर्चाले संघीय प्रदेशको सीमांकन सच्याउन गरेको प्रस्तावमा सहमति जुट्न सकेको छैन । सरकार र तीनदलको

पटक पटकको आग्रहपछि मधेसी मोर्चा र तीन दलको वार्ता टोलीबीच आपचारिक वार्ता सुरु भएको हो । तीन दलको वार्ता टोलीले तराई मधेस लोकतान्त्रिक मोर्चाका अध्यक्ष महन्थ ठाकुरसँग तमलोपाकै पार्टी कार्यालयमा पुगेर दुई घण्टा भएको छलफल सकारात्मक भएको बताएको छ । मोर्चाले वार्ताका लागि तमलोपा अध्यक्ष ठाकुरलाई जिम्मेवारी दिएको हो ।

मोर्चाले सीमांकन परिमार्जन, नागरिकता, समावेशी समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता, जनसंख्याको आधारमा चुनाव क्षेत्र निर्धारण जस्ता विषयमा बिहीबार गम्भीर छलफल भएको वनमन्त्री तथा वार्ता टोलीका सदस्य महेश आचार्यले जानकारी दिनुभयो ।

तीन दलले मधेसी मोर्चाका माग संबोधन गर्न संविधानमा संशोधन गर्ने तयारी पनि गरिरहेका छन् । सरकारले पनि मधेसकेन्द्रित राजनीतिक दललाई वार्ताको वातावरण बनाउन उनीहरूको मागबमोजिम अघि बढ्न सकिने स्पष्ट गर्दै भन्सार र राजमार्गमा अवरोध गर्नेलगायत बन्दका सम्पूर्ण कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ  ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आन्दोलनरत पक्षको मागअनुसार सुरक्षाकर्मीलाई सामान्य जिम्मेवारीमा फर्काउन सकिने तथा गम्भीर अपराधमा संलग्न भएकाबाहेकको मुद्दा फिर्ता लिन र पक्राउ परेकाहरूलाई रिहा गर्न सकिने बताउँदै त्यसका लागि आन्दोलनरत दलले बन्दहडताल र सीमा नाकामा अवरोध तत्काल रोक्नुपर्नेमा जोड दिएको छ  ।

मुलुक र नागरिकको जीवन सामान्य भएको अवस्थामा मात्रै आन्दोलनमा उत्रेका दलका माग पूरा हुन सक्ने ठहर बैठकले गरेको छ  । राष्ट्रको स्वार्थलाई केन्द्रमा राखेर जनजीवन सामान्य बनाउनेतर्फ लाग्न आन्दोलनमा लागेका दललाई बैठकले आग्रह गरेको छ  ।

@ujyaaloonline.com

तपाईको प्रतिक्रिया