holika putla dahan1

८ चैत्र, अमर पासमान, सिरहा । मधेशी मोर्चाको पूर्व घोषित कार्यक्रम अनुसार मधेशका विभिन्न जिल्लामा प्रधानमन्त्री ओलीको पुतला दहन गर्दै होलिका दहन गरेका छन् । आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरूले होलीको पुर्व सन्ध्यामा “होलिका” जलाउने दिन आईतवार साँझ बिभिन्न जिल्लामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । सुनसरी, मोरङ्ग, सप्तरी, सिरहा, धनुषा, महोतरी, रौतहट बाके, सर्लाही लगायतको जिल्लाहरुमा प्रधानमन्त्रि ओलीको पुत्ला दहन गरेका हुन । बिराटनगर स्थित स्थानीय रोडशेष चोकमा मोर्चाका कार्यकताले प्रधानमन्त्री ओलीविरुद्ध नारावाजी गर्दे उनको पुत्ला जलाएका थिए । बाक्लो संख्यामा उपस्थित प्रहरीलाई छल्दै मोर्चाका कार्यकर्ताहरूले ओलीको पुत्ला जलाएका थिए ।

holika putla dahan

तपाईको प्रतिक्रिया