उर्लाबारी,  असोज ३०  । मिस पूर्वाञ्चल २०७२ कि बिजेता प्रियंका श्रेष्ठ मोरङको उर्लाबारीमा सम्मानित भएकी छिन । उर्लाबारीको कुमारी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले उनलाई सम्मान गरेको हो । प्रियंकालाई उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत सुवास श्रेष्ठले सम्मान पत्र हस्तान्तरण गरे ।
मिस पूर्वाञ्चल भएर नेवार समुदायको नाम राख्न र कलासंस्कृति जर्गेना लागिपरेकोले सम्मान गरिएको संस्थाका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । सम्मान पाए पछि आफुलाई थप उर्जावन बनाएको र सामाजिक उत्तर दाहित्व बढेको प्रियंकाले बताईन् । साभार : पुर्वेली न्युजMG_3664

तपाईको प्रतिक्रिया