kuwait-city

८ चैत्र, काठमाडौं । कुवेतले अवैधानिक कामदारहरुलाई सन् २०१६ यता ६ हजार विदेशी कामदारलाई देशनिकाला गरेको छ ।अवैधरुपमा कुवेत पुगेका, भागेर रोजगारदाता परिवर्तन गरेका र भिसा अवधि सकिएर पनि उतै बसिरहेका ८१३ नेपालीलाई कुवेतले निश्काशन गरेको कुवेतस्थित नेपाली दुताबासले जनाएको छ ।

यसरी नेपाल फर्काइएकामा भने आपराधिक मुद्दा खेपिरहेका नेपालीहरु परेका छैनन् । दूतावासका अनुसार ३४ जना नेपालीहरु कुवेतको जेलमा छन् । उनीहरु तोकिएको सजायँ भुक्तान गरेर मात्रै स्वदेश फर्किन पाउनेछन् ।कुवेतमा वैधानिक बन्न धेरै रकम खर्च गर्नुपर्ने भएपछि अहिले प्रहरीमार्फत पक्रिएर स्वदेश फर्किने बढेका हुन् । गैरकानुनी विदेशी कामदारले कुबेत सरकारलाई २ लाख रुपैयाँसम्म बुझाएपछि कानुनी रुपमा पुनदर्ता गर्न सकिन्छ ।

जनवरी महिनामा ३१८, फेबु्रअरीमा ३५६, मार्च महिनायता १३९ जना नेपाली कामदारलाइ नेपाल फर्काइएको नेपाली दुताबासले जनाएको छ । कुवेतमा अझै ४ हजार भन्दा बढी नेपाली अवैधानिक रहेको अनुमान छ ।पक्राउ परेका अवैध कमादार स्वदेश फर्किएपछि पुनः कुवेतमा कामका लागि जान पाउँदैनन् । तर सरकारसँग आत्मसर्पण गर्नेहरुलाई भने फेरि कुवेत जान कुनै पनि समस्या हुनेछैन ।

तपाईको प्रतिक्रिया