police-catch-archana-paneru८ चैत्र। कास्की प्रहरीले कलाकार अर्चना पनेरु र अन्य २० जना चलचित्र यूनिटलाई प्रहरी कार्यालयमा पुर्याएकाे छ । चलचित्र ‘जिस्म’ यूनिटलाई छायांकन स्थलबाटै समातेको हाे । चलचित्र विकास बोर्डबाट कुनै इजाजत नै नलिई चलचित्र छायांकन गरेको भन्दै प्रहरीले उनीहरुलाई समातेको हो ।

अहिले उनीहरुलाई पोखराको रामबजार चौकीमा राखिएको छ । निर्देशक राजु गिरीका अुनसार चलचित्र विकास बोर्डले सीडीओ कार्यलयमा पत्र पठाएको आधारमा प्रहरीले आफूहरुलाई समातेको बताए । उनले आफूले १३ हजार ५ सय वुझाएर चलचित्रको कथा पनि वुझाएको बताउँदै बोर्ड अध्यक्षले अधिवेशन छ भन्दै टारेको आरोप लगाए ।

यता, विकास बोर्ड अध्यक्ष राजकुमार राइले भने पोर्नस्टार बन्छु भन्ने एक यूवतीलाई लिएर चलचित्र बनाएको भन्दै इजाजत नदिएको र आफूहरुको इजाजत विना नै चलचित्र छायांकन सुरु गरेकाले प्रहरी लगाएर पक्राउ गरेको बताए ।

५० प्रतिशत दृश्य खिचिइसकेको चलचित्रलाई अब रोक्ने या अगाडि बढ्न दिने भन्ने बिषयमा कुनै टुंगो लागेको छैन । बोर्डले आफूहरुको इजाजत विना नै छायांकनमा गएका चलचित्रलाई रोक्ने र सामान समेत जफत गर्न सक्नेछ । निर्देशक गिरीले अर्चना पनेरुले पोर्नस्टार बन्छु भन्दैमा उ पोर्न स्टार नहुने बताए ।पुर्वेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया