९ चैत्र, काठमाडौं । होली पर्वलाई मर्यादित बनाउन एकीकृत सुरक्षा योजना लागु गरेको महानगरीय प्रहरीले काठमाडौंका ५३ स्थानमा चेक प्वाइन्ट राखेर नियम उंलघन गर्ने र जबरजस्ति लोला हान्नेविरुद्ध कारबाही जारी राखेको छ ।महानगरीय प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा गरेको चेकजाँचका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने २ सय ८६ सवारी साधनलाई नियन्त्रणमा लिईएको ट्राफिक प्रहरीले जनाएको छ ।

holi-traffic

सवारी चालक अनुमती पत्र नबोकिकन सवारी चलाउने १ सय ७२ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै मोटरसाईकलमा ३ जना चढ्ने ४७ र मापसे गरेर सवारी चलाउने ५, लापरवाहीपुर्वक सवारी चलाउने १० जना र हेल्मेट नलगाउने ११ चालकको सवारी नियन्त्रणमा लिईएको ट्राफिक प्रहरीले जनाएको छ ।त्यसैगरी लापुपदार्थ सेवन गर्ने, जबर्जस्ती लोला हान्ने र फोहोर पानी छ्याप्नेलाइ मध्यान्ह १२ बजेसम्म १२ महिला र १३ पुरुष गरी २५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुविरुद्ध सार्वजनिक अपराधको मुद्धा चलाईने प्रहरीले जनाएको छ । त्यस्तै टोलमा होहल्ला गर्ने र जबरजस्ति लोला हान्नेहरुलाई पनि प्रहरीले पक्राउ गरिरहेको छ । कसैको इच्छाविपरित रंग, लोला हान्नेहरुलाई सार्बजनिक अपराधको मुद्धा चलाउने प्रहरीले चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया