काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संसदीय दलको नेतत चयनपछि मात्रै रिक्त पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयन गर्ने भएका छन् । दलको नेता चयनका लागि आगामी २२ वा २४ चैतमा निर्वाचन गर्ने योजना छ । निर्वाचन गराउन नेता रमेश रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भइसकेको छ ।

संवैधानिक परिषद्को बैठकमा प्रतिपक्षी दलको नेता उपस्थित हुनुपर्ने अनिवार्य व्यवस्था भएको कारण पदाधिकारी मनोनयान गर्नुअघि दलको नेताको चुनाव गर्नुपर्ने अवस्था रहेको देउवानिकट नेताहरुले बताएका छन् । संवैधानिक परिषद्को बैठक १६ चैतमा बोलाइएको छ । तर, सो मितिसम्म कांग्रेसको संसदीय दलको चुनाव हुन नसक्ने भएपछि १६ चैतमा बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित हुने सम्भावना छ ।

कांग्रेसमा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री र एक प्रवक्ता नियुक्त गर्न बाँकी रहेको छ । सभापतिवले मनोनित गर्ने पदाधिकारीसहित अझै १४ जना केन्द्रीय सदस्य रिक्त छन् । आजको राजधानी दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया