ganga_prashad_yadav

व्यवस्थापिका संसदको उपसभामुखमा राप्रपा नेपालका केन्द्रिय सदस्य गंगाप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् । राजनीतिक पृष्ठभूमिका यादव सप्तरी जिल्लाका हुन् ।

सप्तरीको हनुमान योगिनि नगरपालिकाका यादव पूर्व प्रधानपञ्च पनि हुन् । पञ्चायती पृष्ठभूमिका उनी दुईपटक योगिनियाँ गाविसका प्रधानपञ्च र गाविस अध्यक्ष भएका थिए ।

यादवका बुबा मुनिलाल पनि तीन पटक पञ्चायतकालमा सोही गाविसका प्रधानपञ्च भएका थिए । अहिले यादवका कान्छा छोरा आकाश राप्रपा नेपालका सप्तरी अध्यक्ष छन् ।साभार : हुलाकि न्युज

तपाईको प्रतिक्रिया