madhesarmy

१० चैत्र, काठमाण्डौं । भारत सरकारको अघोषीत समर्थनमा मधेशी मोर्चाको नाकावन्दी र आमहडताल सम्मका कार्यक्रमहरुवाट पनि एक मधेश प्रदेशको माग पुरा नभएपछि मधेशका केही समूहहरु हतियार उठाउने तयारीमा लागेको मधेशी मोर्चा आवद्ध एक नेताले नेपाल सन्देशलाई वताएका छन् ।

मधेशी मोर्चाको आन्दोलन असफल भएको उनीहरुको मुल्यांकन रहेको छ । नाकावन्दी र आम हडताल जस्ता कार्यक्रमहरुवाट एक मधेश प्रदेश अर्थात मधेशको मात्र झापा देखि कंचनपुर सम्मको एउटै प्रदेशको माग पुरा नहुने दावी सहित ती समूहहरुले युवाहरुलाई हतियारवद्ध सशस्त्र संघर्षमा लाग्न भूमिगत रुपमा संगठित गर्ने अभियान चलाइरहेको उक्त नेताले वताए ।

युवाहरुलाई हतियारको तालिम पनि दिन थालिएको र तालिमको लागि गाउँवाट टाढाका खेतहरु प्रयोग गर्ने गरिएको वताइएको छ । साथै सीमा पारिका भारतीय गाउँहरुमा पनि उनीहरुको हतियार तालिमको स्थल वन्न थालेको वताइएको छ ।०६३ साल पछि वनेका मधेशी हतियारवद्ध समूहहरु अहिले पुनः व्युँतिन थालेको र नयाँ नयाँ स साना समूहहरु पनि वन्न थालेको उक्त नेताले वताए ।

यस्ता केही समूहहरुले मधेशमा अलग देश वनाउने नारा समेत दिएर युवाहरुलाई संगठित गर्न थालेको वताइएको छ ।ओली सरकार भने निन्द्रामा रहेको छ । यस्ता गतिविधि वारे जानकार हुँदा हुँदै पनि समाधानका उपायहरु वारे छलफल सम्म पनि नगरिनुले भविश्यमा यस्ता गतिविधि गम्भीर नभए सम्म नचेत्ने होला भन्ने मुल्यांकन पर्यवक्षकहरुको रहेको छ ।

तपाईको प्रतिक्रिया