nepali hacker poudel१० चैत्र, काठमाडौ । बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरुको वेवसाईट ह्याक गर्ने १८ बर्षिय बिकास पौडेललाइ प्रहरीले पक्राउ गरेको छ।

तनहुं बन्दिपुर घर भई हाल काठमाण्डौ, नागार्जुन नगरपालिका बालाजु हाईट बस्ने पौडेललाई महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौमो सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा पौडेलले राष्ट्रिय क्षयरोग केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, दुग्ध बिकास संस्थान, नेपाल दुरसंचार संस्थानका केहि प्रयोगकर्ताहरुको विवरण एवं बिभिन्न शैक्षिक संस्थाहरु लगायत करिव २०० वटा वेवसाईटहरु ह्याक गरेको प्रहरीले जानएको छ ।पक्राउ परेका पौडेललाई थप अनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया