truck ko thakkar accident

१० चैत्र, बाँके (फाइल फोटो)। ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । वनकटुवा–४ स्थित सडकमा लु.१ ख ७२६३ नम्बरको ट्रकले भे.५ प २४९ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिएको थियो । गम्भीर घाइते भएका मोटरसाइकल चालक बनकटुवा–९ बस्ने ३९ वर्षीय मोहनबहादुर खड्काको मेडिकल कलेज कोहलपुरमा उपचारकोक्रममा मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया