इनरुवा चैत्र ११/(फाइल फोटो) सुनसरी र मोरङमा भएका दुई भिन्दाभिन्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।पूर्व पश्चिम राजमार्ग अन्र्तगत इटहरी उपमहानगरपालिका १९ मा भएको ट्याक्टर दुर्घटनामा दुईको र विराटनगरमा भारतीय ट्रकको ठक्करले एकको ज्यान गएको हो ।
बिहीवार विहान पश्चिमबाट बाँस लोड गरी पूर्व जाँदै गरेको स १ त ३२८८ नम्वरको ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको थियो । अनियन्त्रित बनेको ट्याक्टर राजमार्ग छेउमा रहेको कलभर्टमा ठोकिन पुगेको थियो ।
दुर्घटनामा ट्याक्टरमा सवार चितवन जिल्ला नारायणघाट बस्ने अन्दाजी २२ वर्षका गौरव राय क्षेत्रीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । अर्का मृतकको पहिचान खुल्न नसकेको सुनसरी प्रहरीले जनाएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा भोजपुर रानीवासका २१ वर्षिय प्रताप राई र उदयपुरका २१ वर्षिय रोशन राई रहेका छन् । दुवैको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी बिराटनगर ४ स्थित धरान बिराटनगर सडक खण्डमा बिहीवार विहान भारतीय नम्वरको ट्रकको ठक्करले साइकलमा सवार विराटनगर ५ कि ४५ वर्षिय सतौनी राजवंशीको घटनास्थलमै ज्यान गएको छ । एद्य(ण्छ(ल्(ढज्ञछद्द नम्वरको ट्रकले साइकलमा सवार राजवंशीलाई ठक्कर दिएको थियो । चालक भारत पंजाबका जस्मित सिंहलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया