इनरुवा चैत्र ११/सुनसरी प्रहरीको फरार सूचिमा रहेका सुनसरी भोक्राहा ९का वर्ष १८ का गजेन्द्रनारायण यादव विशेष सुराकीका आधारमा पक्राउ परेका छन् ।यादव भारतीय बजारबाट लागुऔषध ओसारपसार गरी नेपाली बजारमा ल्याएर विक्रि वितरण गर्ने कार्यमा संलग्न रहेको मुद्धाका फरार व्यक्ति हुन् ।२०७२ साल कात्तिक ९ गते सुनसरीको नरसिंह ९ नहर चोकमा भएको मोटरसाइकल लुटपाटको घटनामा समेत यादवको संलग्नाता देखिएपछि यादव प्रहरीको खोजीमा रहेका थिए ।
नहरचोकमा झापा गौरादह घर भएका सुदिप थापा सवार मोटरसाइकल जबरजस्ती रोकी मोटरसाइकल र थापा सँग भएको नगद लुटिएको थियो । लुटपाटको घटनाका नाइके समेत रहेका गजेन्द्रनारायण यादवलाई विशेष सुराकीका आधारमा सुनसरी प्रहरीको टोलीले भोक्राहाबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार यादवले ना ३२ प २३१६ नम्वरको मोटरसाइकलका साथै मोटरसाइलमा सवार थापाको साथमा रहेको नगद समेत लुटेका थिए । यादव अन्य आपराधिक घटनामा समेत संलग्न भएको हुन सक्ने आशंका गरेको प्रहरीले थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।

तपाईको प्रतिक्रिया