इनरुवा चैत्र ११/ (फइल फोटो) प्रहरीले होली पर्वका दिन बुधवार इनरुवा सहित आसपासका क्षेत्रबाट मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, नियम उललंघन गरी सवारी चलाउनेहरुलाई नियन्त्रणमा लिई कानुनी कार्वाही गरेको छ ।प्रहरीले होलीको दिन १ सय ७५ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ । मापसे गरी चलाएका सवारी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएका सवारी मध्ये १ सय ३ वटा अनुसन्धान पश्चात ट्राफिक नियम अनुसारको कार्वाही गरी छाडिएका छन् । ७२ वटा सवारीसाधान अझै प्रहरी नियन्त्रणमा रहेका छन् ।
सुनसरी प्रहरीले सवारीसाधनका साथै ६४ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । जसमध्ये ३५ जनालाई आवश्यक अनुसन्धान पश्चात कानुनी प्रकृया पुरा गरी छोडिसकिएको छ भने २९ जनाउपर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।प्रहरीले होलीको दिन बुधवार जिल्लाभर पिकेट, चेक पोइन्ट तथा मोबाइल गस्ती परिचालन गराएको थियो । सुनसरीका प्रहरी प्रमुख पोषराज पोखरेलका अनुसार जिल्लाभर होली पर्वका दिन कुनैपनि अप्रिय घटना हुन पाएनन् ।

तपाईको प्रतिक्रिया