११ चैत्र, काठमाडौं । एक युवतीको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कपनमा बस्दै आएकी २० बर्षिय युवती (नाम नखुलाइएको) को हत्यामा संलग्न रहेका ४ जना मध्ये ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । युवतीको घर धनकुटा हो । हत्यामा संलग्न एक जना अझै फरार रहेका छन् ।

hatya-news

को को परे पक्राउ ?
ति युवतीको हत्यामा संलग्न ४ जना मध्ये काठमाडौं बौद्धका सजित लामा, शनि लामा र मोरङ पथरी घर भई थलीमा बस्दै आएका राजन राईलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।

कसरी गरियो हत्या ?
तिन महिना अघि देखी राजन राई र मृतक युवती बिच फेसबुक मार्फत चिनजान भएको थियो । गएको फागुन ८ गते दिउँसो बौद्ध गेटमा राजन राई र ति युवतीबीच भेट भएको थियो । भेट हुदाँ उनको हत्यामा सम्लग्न अरु दुई जना पनि सँगै थिए ।

राजनले युवतीलाई बोलाएर साथीको अपार्टमेन्टमा लगेका थिए । अपार्टमेन्टमा युवतीलाई लिएर जाँदा त्यहाँ शनि, सजित र अर्का एक साथी पनि संगै कोठामा थिए । सबैजना रमाइलो गर्दै जाँदा सबैले मादकपदार्थ सेवन गरेको प्रहरीले बताएको छ । त्यो समयमा युवतीले पनि मादकपदार्थ सेवन गरेकी थिइन् ।

फेसबुक मार्फत चिनजान भएको राजनले युवतीलाई सहमतिमै यौन सम्पर्क राखेको र बाँकी रहेका ३ जनाले पनि यौनसम्पर्क गर्न खोज्दा नमानेपछि उनीहरुले युवतीको हत्या गरेको बताइएको छ । युवतीलाई तिनै जनाले बाथरुममा तान्दा युवती झ्यालबाट खस्न पुगेको बताइएको छ ।

कहाँ भेटिएको थियो युवतीको शव ? 
घटनाभएकै दिन उनीहरुले गाडीमा राखेर भक्तपुरमा लगेर राति १ बजेतिर फालेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । युवतीको शव फागुन १४ गते भक्तपुरको नगरकोटमा भेटिएको थियो । युवतीको एउटै खुट्टा दुई स्थानमा र कम्मर पनि भाँचिएको छ ।

तपाईको प्रतिक्रिया