pakistan t20 criket

१२ चैत्र। भारतमा जारी विश्वकप ट्वेन्टी–२० क्रिकेट अन्तर्गत आज सम्पन्न खेलमा अष्ट्रेलिया २१ रनले बिजयी   भएको छ ।  पाकिस्तान भने विश्वकप क्रिकेटमा समूह चरणबाटै बाहिरिएको छ । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४ विकेटको क्षतिमा १ सय ९३ रन बनायो थियो  ।

कप्तान स्टेभेन स्मिथ र शेन वाट्सनबीच पाँचौं विकेटका लागि ७४ रनको अविजित साझेदारी भएसँगै अष्ट्रेलियाले शानदार योगफल जोडेको थियो । स्मिथले ६१ तथा वाट्शनले २१ बलमा ४४ रनको योगदान दिए । जबाफी ब्याटिङमा उत्रेको पाकिस्तानले निकै कमजोर प्रदसन गर्यो ।

पाकिस्तानले २० ओवर खेल्दै केबल १७२ रन बनाउन सक्यो । पाकिस्तानको तर्फ बाट लथिफले ४६ तथा सोहेब मलिकले ४० रन बनाए ।  अष्ट्रेलियाका बलर जेम्स पाकिस्तान ले ५ विकेट हात पारे ।

तपाईको प्रतिक्रिया