birjung-tanab morcha

१२ चैत्र, वीरगन्ज । शुक्रबार व्यापार मेला उद्घाटन गर्न वीरगन्ज पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को बिरोधमा दिनभर वीरगन्ज तनावग्रस्थ रह्यो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सम्बद्द कार्यकर्ताले बिहानैदेखि चोक–चोकमा टायर बालेर नाराबाजी गरेका थिए ।

मुड्ली चोकमा पूर्वराज्यमन्त्री करिमा बेगमको नेतृत्वमा प्रदर्शनमा उत्रेका मोर्चाका कार्यकर्ताहरूले कालोझन्डा देखाउँदै सरकार र माओवादीको बिरोधमा नाराबाजी गरेका थिए । अध्यक्ष दाहालले यहाँ पत्रकार सम्मेलन गर्दै संविधान कार्यान्वयनमा देखिएको गतिरोध चाँडै सामाधान हुने दाबी गरे । मोर्चाको बिरोधका कारण यहाँस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा राखिएको दाहालको सम्बोधन कार्यक्रम रद्द गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया