१३ चैत्र, इनरुवा ।४७ वटा नाइट्रोजन ट्याबलेटसहित लौकहीबाट एपीएफ टोलीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी ४ वस्ने अनिल चौधरी र नविन राई छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले को. १२ प ४७५७ नम्बरको स्कुटरमा सवार दुई जनालाईउल्लेखित लागूऔषधसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।