Kemmi-miss college 2016१३ चैत्र, बिराटनगर । एड होम एडभरटाईजिङले आयोजना गरेको अपार पुर्वान्चल कलेज प्रिन्सेस २०१६ को उपाधी विराटनगर १६ की केम्मी राईले जित्न सफल भएकी छिन् । उनले नगद ५१ हजार नगद सहित विभिन्न गिफ्ट ह्याम्पर पनि हात पारेकी छिन् ।कलेज पढ्ने छात्राहरुको सौन्दर्य मात्र नभएर उनिहरुलाई समाजमा स्थापित गराउने उद्देश्यका साथ स्थापना भएको कलेज प्रिन्सेसको दोस्रो संकरणको बिजेता संग संगै उनले मिस पर्सनालीटीको टाईटल पनि जितेकी छिन् । हाल उनी विराटनगरको अरनिको कलेजमा अध्ययनरत छिन् ।

यसैविच फस्ट रनरअप शिक्षादिप कलेजमा अध्ययनरत स्वकृती प्याकुरेल भईन् भने उनले मिस स्र्माटको टाईटल जितेकी छिन् । दोसा्रे संस्करणको सेकेन्ड रनरअप भने ग्रिनलेन्ड कलेजमा अध्ययनरत दुहवीकी सवनम बिश्वास हुन सफल भईन् । उनले यो संगै मिस व्युटी एण्ड ब्रेन र मिस ट्यालेन्ट पनि जित्न सफल भएकी छिन् ।

यसैविच मिस कुलमा स्वती शर्मा,मिस प्रफेक्ट श्वेता क्षेत्रि, मिस वल्क नीतीसा थापा , मिस स्माईलमा अपेक्क्षा थापा, मिस डिसीपिलीन दिक्षा सराफ, मिस अप्टीमिस्टीक पुजा थापा, मिस डे«स सदिक्क्षा बासकोटा, मिस हेयरमा जास्मीन श्रेष्ठ र मिस फोटो जेनिक वैशाली शाह भएका थिए ।बिराटनगरको एक्वा पार्कमा शुक्रबार राती अबेर सम्म भएका फाईनल कार्यक्रमको प्रतियोगिताको निर्णयकमा युवा उद्यमी रोशन थापा, नायिका बर्षा शिवाकोटी , रेस्क्यु क्रिएसनका डाईरेक्टर समन अधिकारी र प्रर्यटन ब्यवसायी भवेस श्रेष्ठ रहेका थिए । कार्यक्रमको मिडिया पाटनर मकालु टेलिभिजन र अनलाईन पाटनर आवर बिराटनगर डट नेट रहेको थियो ।

तपाईको प्रतिक्रिया