दोब्बर आँप फल्ने सङ्केत  देखिएपछि कृषक खुसीले गद्गद्

१४ चैत्र, सिरहा, अमर पासमान । आँपको राजधानी भनेर चिनिने सिरहामा यस वर्ष दोब्बर आँप फल्ने सङ्केत देखिएपछि कृषक खुसीले गद्गद् भएका छन् । गत वर्ष २० प्रतिशत आँप उत्पादनभए पनि यस वर्ष अत्यधिक उत्पादन हुने कृषि विकास कार्यालय सिरहाका कृषि प्रसार अधिकृत रामनारायण महतोले जानकारी दिए । आँप खेतीका लागि निकै प्रख्यात सिरहाका कृषकले रुखमा मन्जरी (फूल) अत्यधिक लागेको देखेर खुसीले गद्गद् भएका छन् । ‘आँपको रुखमा पात कतै पनि देखिँदैन’, गुरुधामका रामदेब मण्डलले भने , ‘आँपको बोट मन्जरीले ढाँकेको छ ।

mango

त्यसैले यस वर्ष आँपको उत्पादन निकै बढ्ने सम्भावना छ ।’ मन्जरीमा किरा लाग्न नदिन चिकित्सकको सल्लाहअनुसार औषधि छर्किने उनले बताए । मन्जरी सप्रियो भने एक अर्बभन्दा बढीको आँप उत्पादन हुने संभावना रहेको जिल्ला कृषि विकास कार्यालय सिरहाको अनुमान छ । जिल्लामा चार हजार ९ सय ५० हेक्टर जग्गा मा आँपखेतीको क्षेत्रफल रहेको कृषि विकास कार्यालय सिरहाका कृषि प्रसार अधिकृत रामनारायण महतोले जानकारी दिए । जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष सिरहामा साढे सात मेट्रिक टन प्रतिहेक्टर आँप उत्पादन भएको थियो भने यो वर्ष १८ मेट्रिक टन प्रतिहेक्टर उत्पादन हुने अधिकृत महतोले जानकारी दिए । अन्य वर्ष पानी र हावाहुरीका कारण आँपको मन्जरी झ¥यो र उत्पादनमा ह्रास आउँथ्यो । तर यो वर्ष अहिलेसम्म कुनै समस्या देखिएको छैन । अहिलेसम्म मन्जरीमा मधुवा किराको प्रकोप पनि नदेखिएकाले उत्पादन बढ्ने कृषि विकास कार्यालय सिरहाले बताइएको छ । यहाँ फल्ने आँप सबभन्दा बढी राजधानी काठमाडौं र भारतको विहार जाने गर्छ ।

तपाईको प्रतिक्रिया