sirha pakrau gun sima

१४ चैत्र, सिरहा । भारत बाट नेपाल आउदै गरेको मोटरसाइकलको सीटमुनि लुकाएर ल्याउँदैगरेको हतियारसहित दुईजनालाई प्रहरीले पक्राउ गरिएको छ । भारतबाट सिरहाको माडरतर्फ आइरहेको स ३ प ७९९ नम्बरको मोटरसाइकलको सीटमुनिबाट अमेरिकामा निर्मित लेखिएको एकथान पेस्तोलसहित अन्य सामग्रीहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीका अनुसार मिर्चेया नगरपालिका वडा नं.१ मनहर्वा बस्ने २१ वर्षीय मो. मैनुद्दिन अन्सारी र सोही नगरपालिका वडा नं.३ वलुवा टोलमा बस्ने २० वर्षीय आकाश यादवलाई तलासी लिँदा उनीहरु सवार मोटरसाइकलबाट म्यागजिनबिनाको सो हतियार बरामद गरिएको हो ।
पेस्तोलसँगै ९ राउण्ड गोली लोड भएको २ थान म्यागजिन , भारतीय सीमकार्डसहितको मोबाइल १ थान , आइडीबीआइ बैंकको कार्ड १ थान , स्टेट बैंकको भिसा १ थान , भारतीय विशिष्ठ पहिचान प्राधिकरण लेखिएको कार्ड १ थान , ईन्जिनियरिङ लेखिएको कार्ड १ थान , स ३ प ७९९ नम्वरको मोटरसाइकलको सवारी दर्ता किताबसमेत लुकीछिपि लिइआइरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सिरहाका प्रहरी नायब उपरीक्षक नारायण कोइरालाका अनुसार पक्राउ परेका दुवैजनालाई हातहतियार खरखाजाना ऐनअन्तर्गत म्याद थप गरी अनुसन्धानलाई अगाडि बढाइएको छ ।

तपाईको प्रतिक्रिया