१५ चैत्र, धनकुटा । चट्याङ लागेर गए राति धनकुटामा एक ब्याक्तिको मृत्यु भएको छ । धनकुटाको छिन्ताङ्ग गाबिस वडा नम्वर ६ का ५८ बर्षिय कृष्ण बहादुर थापाको चट्याङ लागेर मृत्यु भएको हो । हावाहरी चल्न थाले पछि घर नजिकै बाधिएको भैसि सार्न गएका थापाको चट्याङ लागि घटना स्थलमै मृत्य भएको हो ।

उनी संगै गएका छोरा दयाराज भने घाईते भएका छन् । त्यस्तै चट्याङ लागेर छिन्ताङ गाविस वडा नंं ६ कै खेम विष्टको चारवटा बाख्रा मरेको ईलाका प्रहरी कार्यलय छिन्ताङले जनाएको छ ।

तपाईको प्रतिक्रिया