चैत्र १५, काठमाडौं । लागुऔषध नियन्त्रण व्युरोले दुई केजी कोकिन सहित ठमेलबाट दुई विदेशीलाई पक्राउ परेका छन् । स्याम्फुको बट्टामा कोकिनलाई झोल बनाएर लुकाएर लाँदै गर्दा दक्षिण अफ्रिकी माथोनी मस्ने र भारतीय मेर्सी पक्राउ परेका हुन् । कोकिन दिल्ली हुँदै नेदरल्यान्ड लैजाने प्रयास गरेका उनीहरुले सो परिमाणको कोकिन दक्षिण अफ्रिकाबाट नेपाल ल्याएका थिए । बरामद कोकिनको अन्तराष्ट्रिय बजार मुल्य २७ करोड नेपाली रुयैयाँ पर्छ ।

तपाईको प्रतिक्रिया