ycl itahari limbu

१६ चैत्र, इटहरी । एकिकृत नेकपा माओवादीको भातृ संगठन योङ कम्युनिष्ट लिग नेपाल वाईसियलको इटहरी उप–महानगर कमिटिमा गणेश लिम्बुको नेतृत्वमा नयाँ कमिटि चयन गरिएको छ । मंगलबार इटहरीमा सम्पन्न दोस्रो नगर सम्मेलनले लिम्बुको नेतृत्वमा ७५ सदस्य नयाँ कमिटि चयन गरिएको हो । कमिटिको उपा–अध्यक्षमा रविन कार्की र महिला तर्फबाट नमिता राई चयन भएका छन ।

यस्तै सचिवमा कुमार भुजेल, अर्जुन फुदुङ सह–सचिव र बासुदेव लिम्बु कोषाध्यक्षमा चयन भएका छन । एमाओवादी सुनसरी जिल्ला कमिटिका अध्यक्ष निर्मल बरालको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनले इटहरी उप–महानगर क्षेत्रमा वाईसियललाई थप सशक्त रुपमा अगाडी बढाउने निर्णय गरेको छ । साथै सामाजिक हितको निम्ती रचनात्मक कार्य गर्ने र पार्टीलाई जनस्तर सम्म थप लोकप्रिय बनाउने खालका कार्यक्रम ल्याईने दोस्रो सम्मेलनले जनाएको छ । साथै पार्टीको निर्णय अनुसार भ्रष्टचार, घुसखोरी, कालोबजारी गर्नेलाई जनताको सामु कानुनी कठघरमा ल्याउने जस्ता काम पनि गर्ने बताइएको छ ।

वाईसियल २ नंम्बर क्षेत्रका इन्र्चाज अर्जुन लामाको अध्यक्षतामा बसेको भेलाले नयाँ नेतृत्व चयन गदै चैत्र २८ गते हुने वाईसियल सुनसरी जिल्ला कमिटिको अबिधेशनको भब्य तयारी गर्ने जनाएको छ । वाईसियल जिल्ला कमिटिको अबिधेशन धरानमा हुदैछ । अबिधेशनको उदघाटनको लागी एमाओवादी नेता एवम गृह मन्त्रि शक्तिबहादुर बस्नेत आउने समेत भेलामा जानकारी गराईएको थियो ।

तपाईको प्रतिक्रिया