nasta kira mareko

१६ चैत्र, राजविराज। होटलहरुमा मरेको किरा भएको नास्ता तथा मिठाई खान उपभोक्ताहरु बाध्य भएका छन् ।लामो समयदेखि होटेलहरुको अनुगमन नहुँदा उपभोक्ताहरु अस्वथ्यकर खाद्य सामग्री खान बाध्य भएका हुन् । नहुँदा पछिल्लो पटक राजविराज स्थित जय माता दी होटेलमा एक युवा मङ्गलवार नास्ता खान जाँदा मरेको किरा फेला परेको हो । सप्तरीको हनुमाननगर–५ घर भएका रबि शर्मा दिउँसो उक्त होटलमा नास्ता खान गएका थिए । नास्ता खाँदैगर्दा सोही क्रममा मरेको किरा पाईएको पीडित उपभोक्ता शर्माले गुनासो गरे ।
नास्तामा किरा रहेको भनी होटल धनीलाई भन्न जाँदा वास्ता नगरेको जानकारी दिँदै उनले भने ‘होटेल मालिकले कहिलेकाही यस्तै हुन्छ, चालिस रुपैयाँको साटो १० रुपैयाँ कमै दिनुस् ।’ आफूले गुनासो गर्न थालेपछि अन्य उपभोक्ताहरु समेत रिसाएकोले ३० रुपैया ँतिरेर होटेलबाट निस्केको उनले बताए ।
केही महिना अघि पनि उक्त होटलमा नास्ता खान जाँदा चमचामा साबुन लागेको पाईएको उपभोक्ता शर्माले गुनासो गरे । बजार अनुगमन समितिले अनुगमन नगरेपछि होटेलहरुमा बासी, सडेगलेको तथा किरा मरेको खाद्य सामग्री खान बाध्य भएको उनले बताए ।स्मरण रहोस् एक वर्ष अघि अनुगमन गर्दा दुई दिनसम्म कार्वाही स्वरुप दुई दिनसम्म अनुगमन समितिले बन्द गरेका थिए ।न्युजटुडेबाट

तपाईको प्रतिक्रिया