police12काठमाडौं, कार्तिक १ । महानगरीय प्रहरी परिसरले दशैं र तिहारलाई लक्षित गरी सुरक्षा योजना सार्वजनिक गरेको छ ।महानगरीय प्रहरी परिसर टेकुले आइतबार पत्रकार सम्मेलन गरी सुरक्षा योजना सार्वजनिक गरेको हो ।
परिसरका नवनियुक्त प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक विक्रम सिंह थापाले हतियारसहित गुण्डागर्दी र लुटपाटमा संलग्नलाई गोली प्रहार गर्ने समेत बताए ।
उनले लागुऔषध नियन्त्रणका लागि धुम्रपान लगायतका सुर्तीजन्य पदार्थ र लागुऔषध सेवनमा रोग लगाउने बताउँदै उनले चाडपर्वमा हुने मिसावट, कालोबजारी, उपहार तथा चिठ्ठाको नाममा हुने ठगी र सार्वजनिक यातायातमा यात्रुहरुलाई ठगिनबाट रोक्न प्रहरीले विशेष कार्यक्रम ल्याएको बताए ।इमेज खबर

तपाईको प्रतिक्रिया