slc-result studenta१८, चैत्र । आजदेखि सुरु भएको एसएलसी परीक्षाका लागि केन्द्रमा आवश्यक सम्पूर्ण सामग्री र सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको परीक्षा नियन्त्रण कार्यालले जनाएको छ । परीक्षामा देशभरीबाट छ लाख १५ हजार विद्यार्थी सहभागी भएका छन् ।

शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले असहजताका बीच पनि हुन लागेको एसएलसी परीक्षा सफल बनाउन सबैसँग आग्रह गरेका छन् । भूकम्प, नाकाबन्दी र बन्द हड्तालका बाबजुत पनि विद्यार्थीलाई परीक्षाको लागि तयार बनाइएको भन्दै मन्त्री पोखरेलले परीक्षा मर्यादित बनाउन करिब ७३ हजार कर्मचारी परिचालन गरिएको जानकारी दिए ।परीक्षा व्यवस्थित बनाउन ७५ वटै जिल्ला समेटिने गरी १८ वटा समूह बनाई शिक्षा मन्त्रालयबाट कर्मचारी परिचालन गरिएको र आवश्यक सुरक्षा व्यवस्था पनि मिलाइएको शिक्षामन्त्रीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।परीक्षा बिहान ८ बजेबाट सुरु भएको हो ।

तपाईको प्रतिक्रिया