Kane Williamson New Zealand ( Inline image)-1459247686

इंग्ल्याण्ड ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । दिल्लीको फिरोजशाह कोटला मैदानमा भएको सेमिफाइनलमा विश्व कपमा एउटा खेलपनि नहारेको न्युजिल्यान्डलाई सात विकेटले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा पुग्ने पहिलो टोलि बनेको छ ।  १ सय ५४ रनको लक्ष्य पछ्याएकोइंग्ल्याण्डले खेल सकिनु १७ बल अघि नै लक्ष्य भेट्टायो । इंग्ल्याण्डका लागि म्यान अफ द म्याच बनेका जेसन रॉयले ४४ बलमा ७८ रन जोडे । यस्तै नट आउट रहेका जोस बट्लरले ३२ र जोय रुटले २७ रन बनाए ।

टस हारेर ब्याटिंगको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५३ रन जोड्यो। न्युजिल्याण्डका लागि कॉलिन मुनरोले ४६, केन विलियम्सले ३२, कोरी एंडरसनले २८ र मार्टिन गुप्तिलले १५ रन जोडे । अर्को सेमिफाइनलको खेल बिहिबार भारत र वेष्टइन्डिजबीच हुने छ। बिजेताले उपाधिको लागि इंग्ल्याण्डसंग प्रतिस्पर्धा गर्ने छ।

तपाईको प्रतिक्रिया