west indies t20 criket

१९ चैत्र।आयोजक भारतलाई हराउँदै वेस्ट इन्डिज ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । भारतलाई उसकै घरेलु मैदानमा ७ विकेटले हराउँदै वेष्ट इण्डिज फाइनलमा प्रवेश गरेको हो । भारतको मुम्बईमा गए राति घरेलु टोलीले दिएको १९३ रनको लक्ष्य पाहुना टोली वेस्ट इन्डिजले खेलमा २ बल बाँकी छँदा ३ विकेट गुमाएर पुरा गर्यो ।

वेस्ट इन्डिजको जितमा नायक साबित भएका लेण्डल सिमोन्सले ८२ रन जोडे । भारतका लागि विराट कोहलीले ४७ बलमा ८९ रनको योगदान दिए भने रोहित शर्मा र अजिन्का रहानेले क्रमशः ४३ र ४० रन बनाएपनि जितका लागि त्यो पर्याप्त रहेन ।  वेस्ट इन्डिजले अब आईतबार हुने फाईनल खेलमा इंग्ल्याण्डको सामना गर्नेछ ।

 

तपाईको प्रतिक्रिया