इनरुवा चैत्र १९ /सुनसरीको इनरुवामा शुक्रवार भेला भएका पूर्वका साहित्यकारहरु सांगितिक माहौलमा रमेका देखिन्थे ।सावित्री गोपाल स्मृति ट्रस्ट इनरुवाले आयोजना गरेको स्रस्टा सम्मान तथा कवि गोष्ठीमा सहभागि सुनसरी, मोरङ र झापाका साहित्यकारहरु गायक धमेन्द्र सेवानको सांगितिक प्रस्तुतिमा रम्न पुगेका थिए ।
पूर्वभरका साहित्यकारहरुको जमघटकावीच पुगेका गायक धर्मेन्द्र सेवानले एक पछि अर्को गर्दै चर्चित गित गाउँदा अग्रह साहित्यकार सहितका सहभागिहरु सांगितिक माहौलमा रमेका देखिन्थे ।सेवानले रेशम फिरिरी, हेर्दा राम्रो माछापुच्छे्र, सोह्र वर्षे उमेरैमा मैपनि झिल्के हुँदो हुँ, यो नानीको शिरको फूल, माया म गर्छु तिमिलाई लगायतका गितहरु गाएका थिए ।
कविता वाचन सँगै सांगितीक प्रस्तुतीको आयोजना गरेको सावित्री गोपाल ट्रस्ट स्रस्टा सम्मान कार्यक्रममा दर्शकहरुको बाक्लो उपस्थिती रहेको थियो ।कार्यक्रममा बरिष्ठ साहित्यकार अनिल पोखरेल र कान्तिपुर दैनिकका उप–सम्पादक पारस प्रकाश नेपाललाई सम्मान समेत गरिएको थियो ।सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले जनही नगद रु १० हजार १० रुपैया सहित दोस्सला ओढाई कदर पत्रका साथ सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा कवि तथा कवियत्रीहरु क्रमश प्रल्हाद पहरेदार, खेमराज खनाल, गंगा सुवदी, रेखा सुवेदी, जमुना पोखरेल, बिवश पोखरेल, मेनुका चापागाई लगायतका दुई दर्जन बढी कविहरुले कविता वाचन गरेको थिए ।कार्यक्रमका अध्यक्ष रोशन भट्राईले आफ्ना दिवंगत बाबुआमो स्मृतिमा सावित्री गोपाल ट्रस्ट स्थापन गरी वार्षिक रुपमा स्रस्टा सम्मान लगायतका कार्यक्रमहरु गर्दै आएका छन् ।
भिडियोको लागि क्लिक गर्नुहोस