student-protest-against-kalobajari-1

१९ चैत्र, काठमाडौँ । मुलुकमा व्याप्त कालोबजारी, महँगी र भ्रष्टाचारका विरूद्ध संयुक्त विद्यार्थी सङ्गठनले आज विरोध प्रदर्शन गरेका छन् ।अपराह्न भृकुटीमण्डपबाट सुरू भएको विरोध जुलुस पुतलीसडक, बागबजार हुँदै रत्नपार्कमा पुगी कोणसभामा परिणत भएपछि नेरास्ववियुका अध्यक्ष नवीना लामाले कालोबजारीको अन्त्य नभएसम्म विद्यार्थी सङ्गठनले सुरू गरेको संयुक्त र एकीकृत सङ्घर्षलाई जारी राखिने बताए ।

अखिल (क्रान्तिकारी) का उपाध्यक्ष रञ्जित तामाङले खुलेआम कालोबजारी हुँदा समेत सरकारले कुनै कारबाही गर्न नसकेको बताए । नेविसङ्घका प्रवक्ता युपी लामिछानेले कालोबजारीलाई घुँडा टेकाएर छाड्ने बताएका छन ।नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल (क्रन्तिकारी)का उपाध्यक्ष वीरेन्द्र बस्नेत, अखिल (छैटौँ)का अध्यक्ष अनिलकिशोर घिमिरे, अखिल(पाँचौ)का अध्यक्ष घनश्याम मिश्रलगायतले कालोबजारी अन्त्यका लागि कडा सङ्घर्ष गर्नुपर्नेमा जोड दिएका छन् ।

student-protest-against-kalobajari-3 student-protest-against-kalobajari-9

 

तपाईको प्रतिक्रिया