KP-OLi

१९ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश टुक्र्याउन खोज्नेलाई नछाड्ने प्रतिक्रिया दिएका छन् । शुक्रबार विद्युत् प्राधिकरण कर्मचारी युनियनको महाधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै उनले राष्ट्र विखन्डन गर्न चाहनेहरुको सपना पुरा नहुने र उनीहरुलाई ठेगान लगाइछाड्ने दृढता व्यक्त गरे । १ सय ५ वर्षमा २ सय ५० मेगावाट विद्युत् निकाल्ने बानी परेकालाई आफूले एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्छुभन्दा पाच्य नभएको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया