२१ चैत्र, राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदह–१ स्थित कोसी ब्यारेजमा हिजाे साँझ एम्बुलेन्स र बस ठोक्किँदा दुईजना गम्भीर घाइते भएका छन् । लहानबाट धरानतर्फ जाँदै गरेको ना ३ च १०९० नंको एम्बुलेन्स र विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको ना ४ ख ७०४३ नंको मितेरी यातायातको बस एकापसमा ठोक्किँदा एम्बुलेन्समा सवार लहान नगरपालिका–२ की ३३ वर्षीया जलमाया घिसिङ र अर्का नाम ठेगान नखुलेका एकजना पुरुष घाइते भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

घाइते दुवैजनालाई विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि पठाइएको छ भने ठक्कर दिने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया