Mahanta_Thakur२१ चैत्र, राजविराज । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारको बेइमानीपूर्ण चरित्रका कारण आन्दोलन लम्बिएको बताएका छन् ।राजविरािजमा शनिवार वसेको पार्टीको केन्द्रीय समिति – झापादेखि महोत्तरीसम्मका)को बैठकवाट गरिएको ९ वुँदे निर्णय वारे जानकारी दिने उदेश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भने–‘सरकार मोर्चासँग वार्ताको क्रममा गरेको प्रतिवद्धता विपरित पटक पटक राजनैतिक वेईमनी गर्ने गरेकाले आन्दोलन लम्विदै गएको हो ।’
उनले आम हडताल र नाका केन्द्रित आन्दोलन मात्र हाल स्थगित गरिए पनि आन्दोलनका अन्य कार्यक्रम भने जारी नै रहेको स्पष्ट पार्दै हाम्रो सदासयतालाई उपयोग गरी ११ वँुदे माग सम्वोधन नगरिए अवको आन्दोलन कठोर हुने चेतावनी पनि दिए ।‘हाम्रो आन्दोलन शान्तिपुर्ण नै हुन्छ’ उनले भने–‘शान्तिपुर्ण आन्दोलनमा वाधा उत्पन्न गरे जहाँ ठाउँ पाईन्छ त्यहिवाट आन्दोलन कडा वन्दै जान्छ ।’ वार्ता र सम्वादवाट माग सम्वोधन होस भनेर आफुहरुले आन्दोलनका केही कार्यक्रम स्थगन गरेपनि सरकारले सुनुवाई नगरी ठुलो भूल गरिरहेको बताएका उनले चैत मसान्तभित्र माग पुरा नभए मोर्चाको वैठकद्वारा आन्दोलनका थप सशक्त कार्यक्रमहरु घोषणा गरिने तयारी भईरहेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा तमलोपाका महासचिव सर्वेन्दनाथ शुक्लाले वैठकले गरेको ९ वुँदे निर्णयवारे विस्तृत जानकारी गराए । वैठकले मोर्चाले अघि सारेका माग प्रति सरकारले देखाएको उदासिनताले देश पुनः मुठभेडतर्फ जाने चिन्ता ब्यक्त गर्नुका साथै मधेशमा मोर्चाका कार्यकर्तालाई छानीछानी झुठा मुद्दा लगाई भईरहेको ब्यापक धरपकडको घोर भत्र्सना गर्दै अविलम्व त्यस्ता कार्य रोक्न माग गरेको छ ।वैठकले आन्दोलनका क्रममा शहिद र घाईते परिवारलाई सहयोग गर्न पार्टीकोतर्फवाट अभियान चलाउने निर्णय गर्नुका साथै आन्दोलनवाट प्रभावित हुन पुगेको राजस्व असुली, बैंक ब्याज, शिक्षण शुल्क, विद्युत महशुल तथा जरिवाना मिनाहा गर्न जोडदार माग गरेको छ । वैठकले आन्दोलनलाइ एकिकृत र अझ ससक्त वनाउन मोर्चाको विस्तार स्वागतयोग्य भएको निस्कर्षसहित भावी दिनमा संघियता पक्षधर अन्य शक्तिहरुलाई एकिकृत गर्न थप प्रयास जारी राख्ने निर्णय गरेको छ ।

बैठकले ११ वुँदे माग सम्वोधन नभएसम्म देशमा कुनै प्रकारको निर्वाचनको औचित्य र सम्भावना नरहेको निस्कर्ष सहित माग पुरा भएमात्र निर्वाचनको उपादेयता रहने ठहर गरेको छ । हालै व्रसेल्समा भएको युरोपेलियन युनियन र भारत समिटको संयुक्त विज्ञप्तिमा नेपालको संविधानप्रति आएको धारणा विभेदमा परेको मधेशी, आदिवासी, जनजाति थारु मुस्लिम लगायतका जनताको आन्दोलनको समर्थनमा आएको निस्कर्ष सहित वैठकले विभेदको राजनिति रोक्न सरकारसँग जोडदार माग गरेको छ ।पत्रकार सम्मेलनमा पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयस त्रिपाठि, उपाध्यक्ष वृषेशचन्द्र लाल, महामन्त्री जितेन्द्र सोनल, महासचिव सर्वेन्द्रनाथ शुक्लाका साथै केन्द्रिय सदस्य तथा मधेशका जिल्लाका सम्पुर्ण अध्यक्षहरुको उपस्थिति थियो ।न्युजटुडेबाट

तपाईको प्रतिक्रिया