२१ चैत, काठमाडौं । मोटरसाइकल चोरीका आरोपमा प्रहरीले बल्ही–४ बाट सिरहा क्षेत्र– ४ बाट प्रत्यक्षमा निर्वाचित सांसद रामचन्द्र यादवका छोरा अभय यादवलाई पक्राउ गरेको छ ।  धनगढीमाई नगरपालिकाका– २ का यादव स २ प २२८१ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका हुन् ।

प्रहरीले दिएको जानकारी अनुसार उक्त चोरीको मोटरसाइकल बल्ही–४ मा चलाइरहेको अबस्थामा भेटिएका हुन् । फागुन ३० गते लहान नगरपालिका–७ बाट चोरी भएको उक्त मोटरसाइकल सोही नगरपालिका वडा–५ का मोहम्मद सरफराज अन्सारीको भएको उनले बताए ।

तपाईको प्रतिक्रिया